About Us

देशमा रहेको गरिबी, महिला तथा दलित शोषण तथा उत्पिडन अन्धविश्वास, जातिय,क्षेत्रिय भेदभाव छुवाछुत जस्ता परम्परागत विचारहरुबाट समाजलाई मुक्त गरी समतामूलक समाजको निर्माण गर्दै राष्ट्रको सर्वाङ्र्गिण विकासमा आवश्यक योगदानका लागि सामूहिक एवम् संगठित रुपले प्रयत्नशील रहन स्थानीय स्तर (ग्रामीण एवम् शहरी क्षेत्र) मा आवश्यक श्रोत र साधनहरुको परिचालन गर्दै विशेष कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक भएको महशुस गरी “सप्त कोशी युवा क्लव” नामक सेवामूलक गैर सरकारी संस्थाको स्थापना गरिएको छ ।
संस्थाको उद्देश्यहरु ः 
    प्रचलित कानूनको परिधीभित्र रही सम्बन्धित निकायसँग समन्वय राखी कार्य गर्ने गरी संस्थाको उद्देश्य यस प्रकार छन् ः 

क) जनचेतनाको विकास ः 
जुनसुकै पक्षको बलियो पूर्वाधारको लागि चेतनाको विकास अपरिहार्य रहेकोले सामाजिक उत्थान तथा देश विकासका लागि चेतनशील बनाउन चेतना विकासको लागि कार्यक्रमहरु सञ्चालन गर्ने ।

ख) रोजगारीको लागि सीपमूलक शिक्षा ः
आजको प्रतिस्प्रर्धात्मक युगमा महिला पुरुष तथा बालबालिकालाई सकेसम्म आत्मनिर्भर  बनाउन रोजगारी प्रदान गर्न सक्ने विभिन्न किसिमका सीपमूलक शिक्षाको व्यवस्था मिलाउने ।
ग) सामाजिक कुरीति तथा असमानता विरुद्ध अभियान ः
समाजमा विद्यमान कुरीतिहरु बालविवाह, बहुविवाह, दाइजो प्रथा, अनुशासनहिनता, बोक्सी जस्ता अन्धविश्वासको कुरा विभिन्न जातजाति बीचको भेदभाव छुवाछुत जस्ता घृणित कुरालाई निर्मूल पार्न विभिन्न अभियान चलाउने । 
घ) स्वास्थ्य तथा सरसफाई ः
सुन्दर समाजको लागि स्वास्थ्य महिला तथा स्वस्थ्य बालबालिकाको लागि स्वास्थ्य भन्ने भावना     समाजमा फिँजाई धुम्रपान, मद्यपान तथा लागू पदार्थ र बातबवरण प्रदुषणलाई जोगाउन खुल्ला दिशा मुक्त अभियान र अन्य कार्याक्रमहरु संचालन गर्ने ।
ङ) महिला शशक्तिकरण ः
महिला तथा बालबालिकालाई समाजका हरेक क्षेत्रमा सवल बनाउन, समाजमा उचित स्थान दिलाउन आवश्यक सुहाउँदो कार्यक्रम सञ्चालन गराई महिला तथा बालबालिकामाथिको अत्याचार, शोषण समाप्त पारि महिला तथा बालबालिकालाई निःशुल्क शिक्षा अनिवार्य गराउनु, दाइजोप्रथा समाप्त पार्नु, रोजगारीको उचित अवसर प्रदान गराउनु, नेतृत्व विकास गराउनु र महिला तथा बालबालिकालाई पनि समाजमा सम्मान र अधिकार सुरक्षित गराउनु ।
च) सामाजिक एकता तथा भातृत्व प्रेमको विकास ः
राम्रो समाजको निमार्णको लागि एउटा यस्तो समाजको स्थापना गराउनु जहाँ प्रत्येक व्यक्ति एउटै परिवारको सदस्य जस्तै रहून्, जहाँ कुनै राम्रो काम गर्न एक ढिक्का भएर लागोस्, जहाँ सामाजिक सद्भाव होस् र भातृत्व प्रेमको भावना रहोस् र कुनै एक व्यक्तिको दुःखलाई सबैले आफ्नो दुःख बुभूmन् भन्ने धारणाको विकास गराउने ।

छ) अपाङ्गहरुको लागि कार्यक्रम ः 
अपाङ्गहरु प्नि हाम्रै समाजका अङ्ग हुन्, यिनीहरुलाई सुहाउँदो आवश्यक न्यूनतम शिक्षा दिलाई सीपमूुलक तालिम सञ्चालन गराई रोजगारको लागि प्रयास गर्ने ।
ज) जनचेतना अभियान ः 
देश विकासको लागि शोषणमुक्त समाजको निमार्णको लागि चेतनामूलक अभियान सञ्चालन गराई महिला पुरुष तथा बालबालिका र दलित कल्याणको लागि यो सस्थाको मूल उद्देश्य रहेको र सँगसँगै महिला पुरुष तथा बालबालिकाको कल्याणार्थ दुईटा कार्यक्रम एकसाथ सञ्चालन गर्ने व्यवस्था मिलाउने ।

झ) पर्यटन प्रबर्धन कार्यक्रमः
स्थानीय स्तर (कोशी व्यारेज) मा पर्यटन विकाशको लागी विभिन्न निकाय, संघ संस्था र दात्रि निकायहरुको सहयोग मा विभिन्न कार्याक्रमहरु संचालन गर्ने र पर्यटन विकाश गर्ने । 

No comments:

Post a Comment